मंगलबार नेप्से परिसूचक बढ्यो
मकवानपुर । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचना बढेको छ ।
मंगलबार नेप्से ४६ दशमलव ६९ अकंले बढेर २ हजार ९२ दशमलव ०५ बिन्दुमा पुगेर रोकिएको छ ।
आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच भएको छ भने ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको शेयर मूल्य घटेको छ ।