बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे

तु खबर संवाददाता
२०८१ कार्तिक १३,मंगलवार १८:१८

काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीसहित ५१ जना छुटेका छन् ।

पार्टी सभापति रवि लामिछाने रिहा गर्न माग गर्दै मंगलबार रास्वपाले आयोजना गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद चौधरीसहितका ५१ जना छुटेका हुन् ।

बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

पार्टी सभापति लामिछाने सहकारी ठगीको मुद्दामा पक्राउ परेसँगै रास्वपाले देशको पोखरा, बुटवल, हेटौंडा, काठमाडौंलगायतको सहरमा प्रदर्शन गर्दै आएको छ ।

सभापति लामिछाने सहकारी ठगी मुद्दामा कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए ।