डीभी भर्ने समय दुई दिन थपियो
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन भर्ने समय थपेको छ । अमेरिकाले डीभी भर्ने समय दिने समय दुई दिन थपेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार, यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको डीभी भर्ने सयम दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको हो ।
असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डीभी भर्ने समय खल्ला गरेको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने जनाइएको छ ।