अपडेटः कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव भेटियो

तु खबर संवाददाता
२०८१ कार्तिक २०,मंगलवार १०:२३
file-photo

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव भेटिएको छ ।

जिल्लाको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जना बेपत्ता भएका थिए ।

पोखरीमा डुबेर बेपत्ता भएका गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव भेटिएको हो ।

उनीहरुको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोलीले फेला पारेको हो ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुब्दा दुबै जना बेपत्ता भएका थिए ।

उक्त कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।