स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै
काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले ४४ पदमा उपनिर्वाचन हुन लागेको जनाएको छ ।
आयोगका अनुसार, यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको हो ।
जसनुसार, कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा ६ पदमा निर्वाचन हुन लागिएको हो ।