रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यससँगै लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि दुई पटक क्रमशः ६ र ७ दिनको म्याद mथप गरिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।