स्थानीय तह उपनिर्वाचनः मंसिर २ गते उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०८१ कार्तिक २१,बुधबार ०९:४३

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसि २ गते उम्मेदवारी दर्ता गरिने भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, उम्मेदवारी दर्ता गर्न मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ ।

यस्तै, सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनकि हुनेछ । आयोगले २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई आह्वान गरेको हो ।

यसैगरी, मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ ।

यस्तै, मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरी सोही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन ४४ पदमा हुने आायोगले जनाएको छ ।