अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारीः हालसम्म ट्रम्पको १९८ , ह्यारिसको ११२
न्यूयोर्क । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । हालसम्म रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् ।
न्युयोर्क बाट सञ्चालित प्रतिष्ठित अनलाइन खसोखासले प्रकाशित गरेको समाचार अनुसार हालसम्म प्राप्त विवरण अनुसार ट्रम्पले १९८ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ११२ इलेक्टोरल मत पाइन् । राष्ट्रपति पदमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।
मतगणना जारी रहेको छ । ट्रम्पले गृहस्थान फ्लोरिडामा जीत हात पारेका छन् । मतगणना भइरहेका स्थानमा तीब्र प्रतिस्पर्धा भइरहेको छ ।
रिपब्लिकन र डेमोक्रेटिक समर्थकहरुले आ–आफनो जीतको कामना गरिरहेका छन् । पछिल्लो गणना अनुसार ट्रम्पको पक्षमा ५२ प्रतिशत र ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको छ ।
ट्रम्पले महत्वपूर्ण राज्य उत्तर क्यारोलिनामा समेत जित हात पारेका छन् । यो पहिलो स्विङ राज्यको नजिता हो । जसले गर्दा १६ इलेक्ट्रोरल मत उनलाई प्राप्त भएको छ । यो जीतले आवश्यक २७० इलेक्ट्रोरल मतहरू सुरक्षित गर्ने बाटोमा ट्रम्पलाई अघि बढाएको छ ।
धेरैजसो अन्य स्विंग राज्यहरुमा नतिजा अझै आउन बाँकी रहेको जनाइएको छ ।