बुधबार नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा पुगेर रोकिएको हो ।
यसअघि मंगलबार बजार ०.२१ अंकले घटेको थियो । नेप्से घटे पनि आज कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ ।
आज कुल २४४ कम्पनीको १ करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयरको मूल्य बढेको छ भने आठ उपसमूहको शेयरको मूल्यम गिरावट आएको छ ।