एमालेद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक २४ गते शनिवार बस्ने गरी आह्वान गरिएको हो ।
स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय दिएको छ ।