स्थानीय तह उपनिर्वाचनः माओवादी बागमतीले टुङ्ग्यायो उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमतीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारीको नाम टुङ्ग्याएको छ ।
माओवादी बागमतीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार उम्मेदवारीको नाम टुङ्ग्याएको हो ।
प्रदेशको चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा भने उम्मेदवारीको नाम टुङ्ग्याइएको छैन ।
माओवादी बागमतीले कीर्तिपुर नगरपालिकामा रिक्त मेयर पदमा प्राडा.शिवशरण महर्जन, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा निमलेकी शेर्पा, कीर्तिपुर–१ मा अष्टमान महर्जन, सोही नगरपालिकाको वडा नम्बर ४ मा नारायण विष्टलाई छनौट गरेको छ ।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका–२ मा मिलन घिमिरेलाई उम्मेदवारी बनाउने भएको छ ।