मकवानपुरमा थपिए ११ जना डेंगु संक्रमितका बिरामी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ११ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा दुई जना र मनहरी गाउँपालिकामा ९ जना डेंगु संक्रमणका बिरामी थपिएका हुन् ।
आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या १ हजार ७०० जना पुगेको छ । जसमा ८८२ पुरुष र ८१८ महिला रहेका छन् ।
उक्त तथ्याङ गत साउन महिनादेखि आजसम्मको रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कुन पालिकामा कति छन् डेंगु संक्रमितका बिरामी ?
- हेटौंडा उपमहानगरपालिकामा ७०० पुरुष र ६७८ महिला गरी १ हजार ३७८ जना
- थाहा नगरपालिकामा ६ पुरुष र ६ महिला गरी १२ जना
मकवानपुरगढी गाउँपालिकामा ३० पुरुष र १२ महिला गरी ४२ जना - बागमती गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला गरी ३ जना
- कैलाश गाउँपालिकामा ७ जना पुरुष
- मनहरी गाउँपालिकामा ७४ पुरुष र ६५ महिला गरी १३९ जना
- भीमफेदी गाउँपालिकामा ९ पुरुष र १८ जना महिला गरी २७ जना
- बकैया गाउँपालिकामा १३ पुरुष र ८ महिला गरी २१ जना
- राक्सिराङ गाउँपालिकामा एक पुरुष र एक महिला गरी दुई जना
- हाल ठेगाना नखुलेका २० पुरुष र १७ महिला गरी ३७ जना
- अन्य जिल्लाका १९ पुरुष र १२ महिला ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिमा भने हालसम्म डेंगु संक्रमितको बिरामी नभेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।