कांग्रेसद्वारा उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन निर्देशन

तु खबर संवाददाता
२०८१ कार्तिक २२,बिहीबार ०९:१४
file-photo

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई एकताबद्ध भएर परिचालन हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन निर्देशन दिएको हो ।

पार्टी महामन्त्री एवम् समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । साथै उनले उपनिर्वाचन संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरू राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न पनि अनुरोध गरेको छ ।

आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । देशभरका ४४ स्थानमा स्थानीय तह उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।