रास्वपाले उपनिर्वाचनका लागि सातै प्रदेशमा नेता खटायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनको लागि सातै प्रदेशमा नेता खटाएको छ ।
रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको हो ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार, सातै प्रदेशमा निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाइएको हो ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले मिति तोकेको छ । त्यसका लागि सो पार्टीले आन्तरिक निर्वाचन गर्ने तय भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले बताए ।