नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन
![](https://www.tukhabar.com/wp-content/uploads/2019/04/nepal-air.jpg)
काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
भोलि कात्तिक २३ गतेदेखि लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द गरिने भएको छ । योसँगै नेपाल एयरलाइन्सले काठमाडौं–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे, ११ बजेको काठमाडौं–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ
यसैगरी, काठमाडौं–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ भने अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन गरिएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौंमा अवतरण हुने गरेपनि अब भने ९ः२५ मा आइपुग्ने जनाइएको छ ।