आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/biman-2.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा विमानस्तल बन्द लागेको जनाएको छ ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
ती काम पूरा गर्न करिब पाँच महिना लाग्नेछ । त्यसका लागि राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुने आयोजनाले जनाएको छ ।
हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।