बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक २३,शुक्रबार ०९:२५

तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँट बस्ने ओमनारायण श्रेष्ठले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

४२ वर्षीय श्रेष्ठले बिहीबार आफ्नै श्रीमती ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।