एक दर्जन भन्दा बढी कम्पनी कालोसूचीमा

तु खबर संवाददाता
२०८१ कार्तिक २३,शुक्रबार ०९:३२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन भन्दा बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सनलगायत रहेका छन् ।

ती कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको जनाइएको छ ।

हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण ।