एकैदिन दुई हजारले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ थियो ।