सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश अनुमोदन
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित दुई न्यायाधीशलाई अनुमोदन गरेको हो ।
प्रस्तावित न्यायाधीशहरुमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे रहेका छन् । बैठकले उनीहरुमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले बताए ।
सुनुवाइ समिति बैठकमा अनुमोदन अगाडि निरौला र पाण्डेले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजा तथा न्यायालय सुधारका विषयहरूमा सांसदहरूले विभिन्न प्रश्न गरेका थिए ।