२०५६ सालदेखि कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिने व्यवस्था मिलाएको छ ।
बोर्डले सो समयको अवधिमा अनुत्र्तीण भएका विद्यार्थीहरुका लागि अन्तिम एक पटक मौका दिने भन्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि बोर्डले फाराम भर्न आग्रह गरेको छ ।
बोर्डका अनुसार, रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो ।
त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत् आवेदन फारम भर्नुपर्नेछ । साथै बोर्डले पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने जनाएको छ ।
फाराम भर्न एक हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने जनाइएको छ ।