राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ ।
आगामी मंसिर १६ गते हेटौंडा–१२ मा हुने उपनिर्वाचनको लागि राप्रपा मकवानपुरले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
आइतबार बसेको राप्रपा नगर र जिल्ला कार्यसमितिको बैठकले भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।
हेटौंडा–१२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाजसेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिए ।
उक्त रिक्त रहेको पदमा राप्रपाले बहुमत ल्याएर वडा अध्यक्षको कब्जा गर्ने नगर अध्यक्ष बताए जिकिर गरे ।