आइतबार शेयर बजारमा वृद्धि, पौने १० अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजारमा वृद्धि आएको छ ।
आज नेप्से अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२ दशमलव ५४ अंक बढेर २७३८ मा कायम भएको छ ।
यसदिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य घटेको छ भने तीनको स्थिर रह्यो । यसदिन उल्लेखनीय कारोबार भएको छ ।
यस्तै, आज ९ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएको थियो । ।