मकवानपुरमा थपिए ५८ जना डेंगु संक्रमितका बिरामी

तु खबर संवाददाता
२०८१ कार्तिक २५,आईतवार १७:१२
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ५८ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा ४७ जना, मनहरी गाउँपालिकामा ८ जना, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ गाउँपालिकामा क्रमशः १–१ जना डेंगु संक्रमणका बिरामी थपिएका हुन् ।

आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या १ हजार ८७२ जना पुगेको छ । जसमा ९७६ पुरुष र ८९६ महिला रहेका छन् ।

उक्त तथ्याङ गत साउन महिनादेखि आजसम्मको रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?

  • हेटौंडा उपमहानगरपालिकामा १ हजार ५१७ जना
  • थाहा नगरपालिकामा १३ जना
    मकवानपुरगढी गाउँपालिकामा ४७ जना
  • बागमती गाउँपालिकामा ३ जना
  • कैलाश गाउँपालिकामा ७ पुरुष
    मनहरी गाउँपालिकामा १५४ जना
  • भीमफेदी गाउँपालिकामा ३२ जना
  • बकैया गाउँपालिकामा २२ जना
  • राक्सिराङ गाउँपालिकामा ४ जना
  • हाल ठेगाना नखुलेका ३७ जना
  • अन्य जिल्लाका ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।