हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

तु खबर संवाददाता
२०८१ कार्तिक २६,सोमबार १०:०३

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा हुने उपनिर्वाचनका लागि आशा बिर बललाई उम्मेदवार बनाउने भएको छ ।

आगामी मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि रास्वपाले बललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौंडा नगर सभापति ध्रुर्वबहादुर विष्टले जानकारी दिए ।

विष्टले हेटौंंडा–१२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका छन् । रिक्त पदमा रास्वपाले सर्वाधिक मत ल्याएर विजयी हाँसिल गर्ने मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे ।

रिक्त वडाध्यक्ष पदका लागि अन्य राजनीतिक दलले पनि भटाभट उम्मेवारको नाम टुंग्यो लगाउँदै आइरहेको छ । वडाध्यक्ष पदका लागि नेकपा एकीकृत समाजवादी पार्टी बाट बलराम बल, राप्रपा प्रेम लामा ब्लोनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।

यसैगरी, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट पनि उम्मेदवारी तय गरिसकेका छन् । कांग्रेसले अर्जुन तिवारी, एमालेले राजेश नगरकोटी र माओवादीले रबिन प्रधानलाई उम्मेद्वार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।