सूर्यज्योति लाइफको शेयर बिक्रीमा

तु खबर संवाददाता
२०८१ कार्तिक २६,सोमबार १०:४३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने भन्दै शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाइएको छ ।