नेप्सेमा वृद्धि, ११ अर्ब माथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेप्से परिसूचकमा वृद्धि आएको छ ।
यसदिन सेयर बजार नेप्से २२ दशमलव १४ अंकले बढेर २ हजार ७६० दशमलव २१ बिन्दुमा पुगेको छ ।
यस्तै, आज ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, सोमबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको भने स्थिर रहेको छ ।