उपनिर्वाचनः माओवादी बैठकद्वारा सिफारिस उम्मेदवार अनुमोदन
काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचनका लागि तल्लो कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनको लागि तल्लो कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको हो ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम पदाधिकारी बैठकले अनुमोदन गरेको पार्टी उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
उनका अनुसार, सो बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाएको छ ।
बैठकले मंसिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको छ ।