उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन तथा निर्वाचन अधिकृत तोकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार, ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्धारित कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाइएको छ ।