सरकारको काम कारबाहीका विषयमा माओवादीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले सरकारको काम कारबाहीका विषयमा मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले माओवादी केन्द्रको धारणसहित मुख्यमन्त्री लामालाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । प्रदेश सरकारको कामकाज र संघीयताका सवालका विषयमा माओवादी केन्द्रले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउने क्रममा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलसहित प्रमुख सचेतक रत्नप्रसाद ढकाल, प्रदेश सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।
सो क्रममा प्रतिपक्ष दलका नेता जम्कट्टेलले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेको भन्दै दुई ठूला दलहरू सम्मिलित सरकारले नागरिकको सामान्य अपेक्षा समेत पूरा गर्न नसकेको आरोप लगाए ।
उनले सरकार संघीयताको मर्म र भावनाअनुसार सञ्चालन नभएकोमा टिप्पणी गरे । प्रदेश विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
यस्तो छ ८ बुँदे ज्ञापनपत्र ।