सांसद गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ ।
सांसद् गौचनको गएराति निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
पूर्व मन्त्री अर्यालका अनुसार, डेंगु बिरामी भएपछि सांसद् गौचन ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।
म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।