धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेकालाई अन्तर्वार्तामा बोलाइयो

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार ०९:२२
file-photo

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेकालाई अन्तरवार्तामा बोलाइएको छ ।

छनौट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई बोर्डका अध्यक्ष पद नियुक्तीका लागि अन्तरवार्तामा बोलाइएको हो ।

उनीहरुलाई आगामी मंसिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।

यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

२०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको छ ।