रास्वपा नेताहरूविरुद्ध अवहेलना मुद्दा दर्ता

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १५:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताह रुविरुद्ध अवहेलना मुदा दर्ता गरिएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा मुदा दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित मुद्दा दर्ता गराएका हुन् ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू क्रमशः स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

उक्त मुद्दामा आगामी मंसिर ३ गतेको पेसी तोकिएको छ । सो निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै गत कात्तिक १४ गते दरपिठ गरेको थियो । सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा रिट निवेदन दिएका थिए ।