चरेससहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १५:५६
सांकेतिक तस्बिर

वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध चरेस साढे २२ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् ।

उनीहरु वीरगंज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट पक्राउ परेका हुन् । उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागूऔषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।