नेपाली कांग्रेसद्वारा सांसद् गौचनको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले सांसद् विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गर्दै पार्टीकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
सांसद् गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । पार्टीको भ्रातृ संस्था नेपाल महिला संघम्याग्दीकी पूर्व अध्यक्षसमेत रहेकी एन्क्ँे डेँगीको उपचारका क्रममा काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।
उनी राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत रहेको बुझिइएको छ । स्व. गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।