नागढुङ्गा सडक एक साता आंशिक रुपमा बन्द
काठमाडौं । नागढुङ्गा सडक आजबाट एक साता आंशिक रुपमा बन्द हुने भएको छ । उक्त सडक आजदेखि आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको हो ।
नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सो सडक बन्द गरिन लागेको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
उक्त आयोजनाकाले एक सूचना सार्वजनिक गरी आजदेखि एक साता सडक आंशिक रुपमा बन्द गर्न लागेको जनाएको हो ।
आयोजनाका अनुसार, उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुनेछ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने प्रकाशित सूचनामा उल्लेख छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत् सबैलाई अनुरोधन गरेको छ ।