रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाउने तायरी गरिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, प्रधानमन्त्रलिाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल भइरहेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
सभापति लामिछानेलाई पोखरामा बयान गराएर मंगलबार रुपन्देही ल्याइएको थियो । रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले बताए ।