बिहीबार १४ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १६:५७
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन शेयर बजार (नेप्से) १४ अंकले बढेको छ ।

आज नेप्से परिसूचक अंकले बढे पनि कारोबार भने घटेको छ । यसदिन २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आज १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर बनेको छ ।