हेटौंडाबाट अवैध गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक ३०,शुक्रबार ०९:१५

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका –७ पेन्चे बस्ने वर्ष ३३ को शंकर स्याङतान र सोही ठाँउ बस्ने वर्ष ४० को रामशरण प्रजा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार, उनीहरुलाई ३१ किलो १२० ग्राम लागूऔषध गाँजासहित बिहीबार बिहान पक्राउ गरिएको हो ।

मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नं. को अटोलाई रोकी शंका लागी निजहरुको शरीर तथा अटो समेतको खानतलासी गर्दा अटो भित्र लुकाई छिपाई ल्याइएको सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।