आज चार संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आह्जान गरिएको हो ।
जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैगरी, बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।
दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने जनाइएको छ ।