राष्ट्रपति पौडेल स्वदेश फर्किए

तु खबर संवाददाता
२०८१ कार्तिक ३०,शुक्रबार १०:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गरेका थिए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गत कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेलले भने कोप–२९ सम्मेलन सकिनुअघि नै स्वदेश फर्किएका हुन् । कोप–२९ सम्मेलन आगामी मंसिर ७ गतेसम्म संचालन हुनेछ ।