यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ मंसिर १,शनिबार ०८:५३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र त्यसको देशको केही प्रदेशको एक–दुई स्थानमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार, पश्चिमी र स्थानीय वायुको प्रभावले देशको कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको पाइएको हो । हाल देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको छ ।

यस्तै, कोशी, गण्डकी प्रदेशमा हल्का वर्षा तथा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको छ । ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।