कीर्तिपुर नगरपालिकाको मेयरमा डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

तु खबर संवाददाता
२०८१ मंसिर २,आईतवार ०८:५२

हेटौंडा । नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितीले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको उक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यसको लागि दलहरुले भटाभट उम्मेदवार तोकेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय समितिले दिवंगत नकर्मीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै उपनिर्वाचनमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउन समेत अनुरोध गरेको छ ।

उक्त उपनिर्वाचनको लागि आइतबार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।