क्रसर व्यवसायी महासंघको अध्यक्षमा मकवानपुरका न्यौपाने
मकवानपुर । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः मकवानपुरका सीताराम न्यौपाने चयन भएका छन् ।
महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारांै वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चष्न गरिएको हो ।
यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही चयन भएका छन् ।
त्यस्तै, महासचिवमा देवराज तामाङ चयन भएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त राखिएको छ ।
सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सदस्यमा क्रमशः हुमनाथ पौडेल, कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शश िकुमार यादव र सन्तोष यादव चयन भएका छन् ।