गरिबी निवारण बचतको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा–६, हात्तिलेटस्थित गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार समपन्न भएको हो । ६ नम्बर वडाका वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
सो क्रममा सभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सचिव शरद कुमार श्रेष्ठले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाको कुल सेयर पुँजी १ करोड १ लाख रूपैयाँ रहेको छ । ७ करोड ३६ लाख ऋण लगानी रहेको यस संस्थाको बचत संकलन ७ करोड ५० लाख रहेको छ ।
उक्त सहकारीमा ५ सय २० पुरुष र ४ सय ९२ महिला गरी कुल १ हजार १२ शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा ५ जना वयोवृद्ध शेयर सदस्य, असल ऋणी, नियमित बचतकर्ता, स्थापना कालदेखि हालसम्म बचत फिर्ता नलिने सदस्य, नियमित बचतकर्ता, खुतुर्के बचतकर्तालाई सम्मान गरिएको थियो ।
यसैगरी, एसईई परिक्षामा उच्च जिपिए ल्याउने विद्यार्थी लगायत उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला सहकारी संघका प्रतिनिधि लगायतको आतिथ्यता थियो ।
साधारणसभा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा भएको हो ।