हेटौंडा–१२ को वडाध्यक्षका लागि कांग्रेसका तिवारीद्वारा उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत तिवारीले वडाधयक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
तिवारीले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
तिवारी यसअघि गत २०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिखेर नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका ललितबहादुर घलानसँग पराजित भएका थिए ।
घलान जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख बनेसँगै उक्त पद रिक्त थियो । रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी घलानसँग पराजित भएका थिए ।