हेटौंडा–१२ मा माओवादी केन्द्रको तर्फबाट प्रधानले गरे उम्मेदवारी दर्ता
मकवानपुर । हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवारले उममेदवारी दर्ता गराएका छन् ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा उम्मेदवारी दिएका हुन् । प्रधान पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिका हुन् ।
गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित माओवादीका उम्मेदवार ललित घलान जिल्ला समन्वय समिति (जिसस) को प्रमुख बनेपछि उक्त पद रिक्त रहेको थियो । रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो ।
उक्त वडामा ८ हजार ५३ मतदाता रहेका छन् । जसमा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष छन् ।