जनसेवक कर्मचारी उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ मंसिर २,आईतवार १७:१३

मकवानपुर । जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको १६ औं वार्षिक साधारण सभा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर, ४ स्थित क्लब हेटौंडा पाटी प्यालेसमा सम्पन्न भएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगर पालिका वडा नम्बर ४ मा अवस्थित सहकारीका अध्यक्ष बसन्त राज गौतमको सभाध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

संविधान सभा सदस्य प्रल्हाद लामिछानेको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा सहकारीका उपाध्यक्ष राम कुमार बिष्ट, सल्लाहकार शिव प्रसाद बन्जारा, देवनारायण लामिछाने, महेश कुमार सिग्देल, बद्री प्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो ।