आज माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार, बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल हुनेछ ।
गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक आगामी पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।
जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।