मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने गरी आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो ।
उक्त बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।
स्व.ढुंगानाको आजै अन्तिम संस्कार गर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।